मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना​

मुटुमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

जेठ १२, काठमाडौं । पाँच दिनदेखि प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको हो।

गत मंगलबार काठमाडौंमा पक्राउ गरी जनकपुर पुर्याइएका सिरोहिया दुई दिनदेखि अस्वस्थ थिए। शुक्रबार उच्च रक्तचाप, मुटुको धड्कनमा अनियमितता र टाउको दुखाइ बढेपछि उनलाई अस्पताल भर्ना गरिएको हो।

पहिलेदेखि नै डायबेटिज र उच्च रक्तचापजस्ता समस्या झेलिरहेका सिरोहियालाई टाउको दुख्ने, चक्कर लाग्ने र छाती दुख्ने जस्ता लक्षण देखिएपछि प्रशासनले उनलाई प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो।

तर प्रादेशिक अस्पतालमा न्यूरोलोजी जाँचको सुविधा उपलब्ध नभएको कारणले उनलाई काव्या अस्पतालमा सारिएको छ। सिरोहियाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको भन्दै चिकित्सकहरुले विभिन्न परीक्षण सुरु गरेका छन्, तर अहिलेसम्म रिपोर्ट प्राप्त भएको छैन।

चिकित्सकहरुले सिरोहियाको पछिल्लो अवस्थाबारे कार्डियोलोजिस्ट डा. ओममूर्ति अनिललाई टेलिफोनमार्फत् जानकारी गराएका छन्। अनिलले लामो समयदेखि सिरोहियाको स्वास्थ्यलाई निगरानी गरिरहेका छन्।

यसैबीच, जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियाे । 

source: www.mntvonline.com

Leave a Comment