गर्भवती हुन् की कट्रिना कैफ ?

गर्भवती हुन् की कट्रिना कैफ ?

नयाँ दिल्ली। बलिउडका ‘क्युट’ जोडी कट्रिना कैफ र विक्की कौशलको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा अभिनेत्री कट्रिना विक्कीको हात समातेर सडकमा हिँडिरहेकी छिन्। कट्रिनाले ओभरसाइजको कपडा लगाएकी छिन्। यो भिडियो हेरेपछि कट्रिनाका फ्यानहरूले उनी गर्भवती भएको अनुमान गरेका छन्।

कट्रिना र विक्कीलाई सार्वजनिक स्थलमा कमै देख्न पाइन्छ। यस पटक, लन्डनको व्यस्त सडकमा हिँडिरहेको कौशल दम्पतिको भिडियो भाइरल भइरहेको छ। भिडियोमा कट्रिना हिँडिरहँदा विक्कीले उनलाई सहयोग गरिरहेको जस्तो देखिन्छ। कट्रिनाले विक्कीको हात समातेर हिँडिरहेको यो दृश्यमा उनले ओभरसाइजको कोट लगाएर पेट छोप्न खोजेको जस्तो देखिन्छ। यो दृश्यपछि फ्यानहरूले विक्की र कट्रिनाको घरमा छिट्टै ‘गुड न्यूज’ आउने अड्कल गरिरहेका छन्।

कट्रिना र विक्कीले सन् २०२१ को डिसेम्बर ९ मा राजस्थानमा विवाह गरेका थिए। कामको कुरा गर्दा कट्रिना छिट्टै ‘सत्ते पे सत्ताको’ रिमेक र कार्तिक आर्यनको फिल्म ‘चन्दु च्याम्पियन’ मा देखिनेछिन्। विक्की कौशल भने ‘ब्याड न्यूज’, ‘तख्त’, ‘मिस्टर लेले’ र ‘सारे जहाँ से अच्छा’को सुटिङमा व्यस्त छन्।

Leave a Comment