पशुपतिको भेटी पशुपति क्षेत्र विकास कोषका कर्मचारीद्वारा चोरी

काठमाडौं । गत सोमबार पशुपतिमा भेटी चोरी गर्दा गर्दै पशुपति क्षेत्र विकास कोषका ८ जना कर्मचारी रंगेहात पक्राउ परेका छन् । पक्राउ पर्नेहरुले भनेका छन् कोषका कोषध्यक्ष नारायण प्रसाद सुवेदीले सिकाएर चोरी गर्न लगाएको । पक्राउ पर्नेहरुमा नायब सुब्बा नवराज ढोडारी, मन्दिरका बाम्हणहरु नवराज घिमिरे, राम सापकोटा, लक्ष्मण सापकोटा, मन्दिरका बाजा बजाउने कर्मचारी अनिल परियार, सनिस कपाली र कुमार दमाई रहेका छन् । स्रोत अनुसार चोरी गर्दा गर्दै पक्राउ परेका थिए ।

शुपतिको भेटी चोर

प्रहारीद्वारा प्रक्राउ पर्ने क्रममा विकाष कोषमै रेहेको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका एक कर्मचारी पनि परेको छन् । पक्राउ पर्ने मध्ये एक जना बाजा बजाउने कर्मचारी अनिल परिवालरे सोधपुछको क्रममा चोरी गर्ने काम समितिका कोषाध्यक्ष नारायण प्रसाद सुवेदी सो चोरी गर्न अर्हाएको भनेका छन् । उनका अनुसार सुवेदीले पैसा संकलन गर्न र लुकाएर ल्याउन भनेका हुन । दैनिक ३ हजार देखि १५ हजार सम्म सुवेदीलाइै दिनु पर्ने आरोप छ । यद्यपि प्रहरीले सुवेदीलाई सोधपुछ सम्म गरेका छैनन् ।

संस्कृति संरक्षणको महाशाखाको भेटी गडणा कक्षबाटै भेटी चोरी हुने जानकारी आएपछि कोषका प्रवक्ता रेवरी रमण अधिकारीले नै सिसिटिभी निगरानीमा चोरीको पहिचान भएको बताएका थिए । स्रोतः न्युज २४

Leave a Comment