मेयर बालेनको आक्रोश: “फोहोर बोक्ने चालक रिहा नभएसम्म नेताहरुको घरको फोहोर उठ्दैन”

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालमा लेख्दै बालेनले भ्रष्टहरुलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरेको उल्लेख गरेका छन्।

बालेनले सवारी चालकहरु रिहा नभएसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर नउठ्ने बताएका छन्।उनले भनेका छन्: “भ्रष्टहरुलाई समाउन सक्नु भएन, तर यो सरकारले काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाएको छ। जबसम्म ससम्मान चालकहरु रिहा हुँदैनन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालय र नेताहरुको घरको फोहोर उठ्दैन। को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिन्न!”

Leave a Comment